काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँ बानेश्वरमा अवस्थित नेपाल बाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले सञ्चालनको सुरु समय देखि विभिन्न जिल्लाका अनाथ, असहाय वालवालिकाहरुको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरुको संरक्षण गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त बाल आश्रममा आश्रित बालबालिकाहरु मध्ये शाम्भवि स्कुलमा अध्ययन गर्ने ८ जना बालबालिकाहरुको लागि वार्षिक पढाई शुल्क रु. ३०,०००÷— का दरले जम्मा रु २,४०,०००÷—(अक्षरेपी दुई लाख चालिस हजार रुपैयाँ मात्र) को आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मानव कल्याण र समाज हितका क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको छ । यस प्रकारका कार्यप्रति कम्पनिले सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ । यस्ता प्रयास मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ।
हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।






