हेटाैँडा । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले सिमेन्टको मूल्य घटाएको छ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्षको सुरुवातमै सिमेन्टको मूल्य घटाएको हाे ।
कम्पनीले भदौ १० गतेदेखि लागूहुने गरी सिमेन्टमा मूल्य घटाएको हो । उद्योगको लक्ष्य पुरा नहुने अवस्थामा पुगेपछि सिमेन्टको मूल्य घटाउनु परेको उद्योगले जनाएकाे छ ।
शक्ति ब्राण्डको सिमेन्टको कारखाना मूल्य ६४९ रुपैयाँ ७५ पैसा कायम गर्ने गरी उद्योगको ब्यवस्थापनले शुक्रबार निर्णय गरेको बताइएको छ । त्यसमा उद्योगले पाउने मूल्य ५६४ रुपैयाँ मात्र रहेको बाँकी सबै करको रुपमा उपभोक्ताले तिर्नुपर्ने बताइएको छ ।
नेपालमा निजी क्षेत्रका सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टसँग हेटौंडा सिमेन्ट उद्योगले प्रतिष्पर्धा गर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको बताइएको छ ।
उद्योगको दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।






