काठमाडौँ । नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट इन्टरनेश्नल एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट इन्टेरनेश्नल एक्स्पो सुरु भएको हो ।
उक्त एक्स्पोको उद्घाटन उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेत गरेका हुन् ।
तीन दिनसम्म आयोजना हुने प्रदर्शनीमा विद्युतीय सवारी साधनदेखि अन्य घरेलु विद्दुतीय सामाग्रीहरुको प्रदशनी हुने आयोजकले जनाएको छ ।








