काठमाडाैं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको हाे ।

भारतीय मन्त्रिपरिषदको बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए । उनले भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन हुने पनि बताए ।

नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत जेठमा भएको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको बताएका थिए ।