
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् ।
नयाँ दिल्लीमा स्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मूसँग विशेष भेट गरेका हुन् । भेटमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबिच नेपाल–भारतबिच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।
त्यसै गरी दुई देशका नागरिकबिचको परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र भारतका विदेश मन्त्री एम जसशङ्करबीच पनि भेट भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत गएका हुन् । शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबिच भेटवार्ता भएको छ ।






