काठमाडौं । हाल आइपीओ बिक्री खुला रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पछिल्ला वर्षहरुमा शेयरधनीहरुलाई निकै राम्रो प्रतिफल वितरण गरेको देखिएको छ । यस कम्पनीले हालसम्म ११०.०३ प्रतिशत बोनस शेयर र ६६.१६ प्रतिशत नगद गरी कुल १७६.१९ प्रतिशत लाभांश वितरण गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०६५–६६ मा ५ प्रतिशत नगद लाभांश दिएको थियो । त्यसैगरी, आव २०७०–७१ मा ४५.८३ प्रतिशत बोनस शेयर र ६.१६ प्रतिशत नगद गरी कुल ५१.९९ प्रतिशत प्रतिफल वितरण गरेको देखिएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७२–७३ र २०७७–७८ मा शेयरधनीलाई बोनस र नगद गरी क्रमशः ४० र ५५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्ष भने हाथवेले १० प्रतिशत नगद दिएको छ । यसको फेस भ्यालू ५० रुपैयाँ रहेकोले त्यसैलाई आधार मानेर यसले प्रतिफल वितरण गरेको हो ।


भदौ २१ गतेदेखि सर्वसाधारणलाई १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर बिक्री खुला गरेको यस कम्पनीमा भदौ २५ गते अर्थात, सोमबारसम्म आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।
वित्तीय सूचक र लाभांश वितरण दर राम्रो रहेको यस हाथवेको आइपीओमा माग भन्दा धेरै आवेदन पनि परिसकेको छ । सीडीएसका अनुसार शनिबार बिहान १० बजे ७ मिनेटसम्म सर्वसाधारणले १ करोड ७६ लाख ७४ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् । आइपीओमा ७ लाख २७ हजार ३४९ जनाबाट ८८ करोड ३७ लाख ३३ हजार रुपैयाँको लागि आवेदन परेको हो ।

कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार यसको सञ्चति मुनाफा २७ करोड ९४ लाख ६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमास अनुसार नेटवर्थ ८० रुपैयाँ ६३ पैसा र प्रतिशेयर आम्दानी १७ पैसा रहेको छ । चैतसम्म जगेडाकोषको आकार ६२ करोड ७१ लाख ९४ हजार रुपैयाँ छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । यता, २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारी र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

हाथवे इन्भेष्टमेन्टले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै, प्रतिकित्ता ५० रुपैयाँ