काठमाडौँ । इक्रा नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । रेटिङ कम्पनी इक्रा नेपाल लिमिटेडले लाभाशं वितरणको मुख्य एजेण्डासहित साधारणसभासभा आह्वान गरेको हाे ।

कम्पनीले असोज २५ गते दिउँसो १२ः३० बजे अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ५१.१० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावः

१० सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ.व. २०७९–०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने।

२० लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व। २०७९–०८० को आर्थिक विवरण माथि छलफल गरी पारित गर्ने ।

३० सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता ५९.१०२१३६१११ प्रतिशतले हुने नगद लाभांश रु ४,२५,५३,५३८ र (नगद लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) स्वीकृत गर्ने ।

४० कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार कम्पनीको आ.व. २०८०–०८१ को हरहिसाबहरू लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने।