काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो।
सुनको मूल्य ७०० रुपैयाँले बढेसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको छ।
हिजो छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेकाे छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ।