काठमाडौं । नेपालको सडक सञ्जालको लम्बाई कूल ३४ हजार एक सय किलोमिटर पुगेको छ । आइतबार संघीय संसदमा डा।प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९र८० को प्रतिवेदन सार्वजनकि गर्दै पक्की ९कालोपत्रे, ग्राभेल र कक्ची गरी उक्त लम्बाई बराबरको सडक सञ्जालको विकास भएको जनाएको हो ।

सार्वजनिक सर्वेक्षण प्रतिवेदन अनुसार २०७९ फागनु मसान्तसम्म कूल सडक मध्ये १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे गरिएको, ७ हजार ९ सय ५६ किलोमिटर ग्रार्वेल

गरिएको र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची रहेको छ । चालु आर्थकि वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ
सडक निर्माण भएको समेत सरकारले जनाएको छ । यस अवधिमा ३ सय १६ किलोमिटर सडक ग्रार्वेलस्तरमा र २ सय ४८
किलोमिटर सडक कालोपत्रेस्तरमा स्तरउन्नती गरिने समेत सरकारले जनाएको छ।