काठमाडौँ । राष्ट्रिय योजना आयोगले आज ४ प्रदेशका स्थानीय सरकारसँग सुझाव लिँदैछ । १६ औँ योजनाका लागि सुझाव लिन आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको हाे ।
आयोगका सदस्यहरूको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव सङ्कलन गर्दैछन् ।
आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरूको सहभागिता थियो । मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिइने छ ।
यो कार्यक्रम गण्डकीसँगै सुदूरपश्चिम, बागमती र मधेस प्रदेशमा समेत जारी रहनेछ ।