काठमाडौं । मन्त्रिपरिषदबाट सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेकाे हाे ।

बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ ।