काठमाडौँ । मङ्सिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।
माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा सङ्घले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रम स्थल तीनकुनेमा सरेको जानकारी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईँलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने बताएका छन् । मुख्य कार्यक्रम ‘बल्खुमामा भए पनि अन्य कार्यक्रम देशभर चल्छ र हुने प्रसाईँ स्रोतको भनाई छ ।






