काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रसाईंलाई काठमाडौंको दक्षिणकाली–चाल्नाखेलबाट शुक्रबार पक्राउ गरिएको हो। निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो। सोही अनुरूप ब्युरोले उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

यसअघि, माघ ५ गते प्रसाईं पोखराबाट पक्राउ परिसकेको थिए। त्यतिबेला उनी कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्तिसँग सम्बन्धित मुद्दाका कारण पक्राउ परेका थिए।