काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले आव २०६३।६४ तथा आव २०६५।६६ देखि २०७३।७४ को नगद लाभांश बुझ्न बाँकी शेयरधनीलाई आग्रह गरेको हो ।
उक्त नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित मिति ९मंसिर ८ गते ले ३५ दिनभित्र आवश्यक कागजात लिई कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड कोष भवन काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।
तोकिएको समयावधिभित्र पनि लाभांश नबुझेको खण्डमा सो नगद लाभांश ‘नागरिक संरक्षण कोष’ मा जम्मा हुने कम्पनीले जनाएको छ । शेयरधनीले बुझिलिन बाँकी रहेको नगद लाभांशको विवरण कम्पनीको वेवसाइट www.swbbl.com.np मा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
साथै, आव २०७४।०७५ देखि २०७८।०७९ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु पनि कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडबाट बुझिलिन आग्रह गरेको छ ।