काठमाडौं। नबिल बैंक लिमिटेड सन् २०२० यताकै बलियो सपोर्ट एरियामा पुगेको छ । डिसेम्बर ६, सन् २०२० मा यस बैंकको प्रतिकित्ता सेयर भाउ ५०० रुपैयाँसम्म झरेको थियो । त्यसपछि यसको सेयर मूल्य तीव्र बढ्न सुरु गर्यो ।

अहिले नेप्सेसँगै कम्पनीको भाउमा पनि गिरावट देख्न सकिन्छ । नोभेम्बर २६, २०२३ मा नबिलको सेयर ४९९ रुपैयाँसम्मको न्यूनतम विन्दुसम्म पुगेको थियो ।

बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको भाउ ५०८ रुपैयाँ ९० पैसा पुगेको छ । अर्थात, बैंकले ५०० को निकै बलियो एरियालाई सपोर्ट लिएर फर्किएको मान्न सकिन्छ ।

त्यसका साथै, २२ नोभेम्बर, २०२३ मा ५६१ रुपैयाँमा बन्द भएको नबिल बैंकको सेयर २३ नोभेम्बरमा १० रुपैयाँको ग्याप बनाएको पहिलो कारोबार सुरु भएको थियो ।

कम्पनीको अर्थात् बैंकले त्यो ग्याप फिल गर्न फर्किने छ । प्राविधिक विश्लेषण गर्दा यस्ता ग्यापहरु फिल हुने टेक्निकल एनालिस्टहरुले बताउने गरेका छन् ।

त्यस्तै, अन्य सूचकहरु जस्तै, एमएसीडी, आएएसआई धेरै ओभर सोल्ड जोनमा प्रवेश गरेका छन् । त्यसैले अब जुन कुनै समय बैंकले बाउन्स ब्याक लिने आंकलन गर्न सकिन्छ । चार्ट अनुसार ‘आरएसआई’ इन्डिकेटर २४.४० विन्दुमा छ । ३० भन्दा कमलाई ओभर सोल्ड मानिन्छ ।
यता, सेयर बजारमा इतिहार दोहोरिन्छ भन्ने भनाई निकै प्रख्यात छ । अर्थात, ‘हिस्ट्री रिपिट्स’, यति त्यस्तो हो भने नबिल बैंकले फेरि नयाँ हाई चुम्ने सम्भावन पनि रहन्छ ।

पछिल्लो बुल रनमा नबिल बैंक ५०० को एरियाबाट १२० प्रतिशत बढेर ११ सयसम्म पुगेको थियो । अहिले पनि सोही विन्दुमा निकै बलियो सपोर्ट लिएर बसेको छ ।

यस पटक नबिल बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न यसले पुस १३ गते साधारण सभा पनि बोलाएको छ । नगद दिने भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुँदैन । जसले गर्दा यसको सेयर सप्लाई पनि थप बढ्दैन ।

पहिलो त्रैमासको रिपोर्ट अनुसार यसको वितरणयोग्य नाफा १३.३४ प्रतिशत रहेको छ । जुन गत वर्षको असारसम्मको भन्दा धेरै हो । यसको समग्र वित्तीय अवस्था पनि निकै राम्रो छ ।

जगेडा कोषमा २८ अर्ब ३९ करोड रुपैयाँ जम्मा रहेको छ । जुन अरु बैंकहरुको भन्दा धेरै हो । यसको खुद ब्याज आम्दानी पनि ३ अर्ब ६७ करोडबाट बढेर ४ अर्ब १७ करोड पुगेको छ ।

बैंकले पहिलो त्रैमासमा १ अर्ब ४६ करोड खुद नाफा कमाएको छ । अब सेयर बजारले करिब करिब लो लगाई सकेको धेरै प्राविधिक विश्लेषकहरुले जनाएका छन् ।

यदि बजार बढ्न सुरु गर्छ भने लगानीकर्ताहरुको पहिलो रोजाई नबिल बैंक नै हुने देखिन्छ । जुन कुरा इतिहासले पनि देखाएको छ । अर्थात, बुल हिट हुँदा नबिल बैंकले नै बैंकिङ समूह लिड गरेको छ । लगानीकर्ताहरुको कहिले हात खालि नराखेको यो बैंकको व्यवस्थापन पनि धेरै राम्रो छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको कस्तो छ वित्तिय अवस्था ?