स्टार खेलाडी लिओनल मेसीले सन् २०२२ को विश्वकपका क्रममा लगाएका ६ वटा जर्सी ७.८ मिलयन अमेरिकी डलरमा लिलाम बिक्री भएका छन् ।
मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समूह चरणको दुई खेलमा लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा ७.८ मिलयन अमेरिकी डलरमा बिक्री भएका हुन् ।
सीले सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाले खेलेको सबै ७ खेल खेलेका थिए । तर मेसीले समूह चरणको तीन मध्ये दुई खेलमा लगाएको जर्सी मात्र अक्सनमा राखिएको थियो ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको थियो ।
मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको क्षेत्रमा खर्च गरिने छ ।एजेन्सी