काठमाडौं : एनएमबि क्यापिटलले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद दिने घोषण गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न एनएमबि क्यापिटलले पुस २९ गते साधारण सभा पनि बोलाएको छ । सभा होटल बाराही, त्रिदेविमार्ग, ठमेल, काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ ।

सभामा लाभांश प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेटिएको छ ।