काठमाडौं । एनएमबि क्यापिटलले आफ्नो खुलामुखी म्युचुअल फन्ड योजना एनएमबि सरल बचत फन्ड-इ को थप २० करोड रुपैयाँ बराबरको इकाई बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई प्रतिइकाई १० रुपैयाँको दरले उक्त फन्डको थप २ करोड इकाई बिक्री गर्न अनुमति दिएको हो ।
एनएमबि सरल बचत फन्ड-इ वि.सं २०७८ देखि सञ्चालन भइरहेको छ । फागुन मसान्तमा यसको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ६५ पैसा रहेको छ । यसको कोष व्यवस्थापक एनएमबि क्यापिटल हो ।