काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका प्रबन्ध सञ्चालक संजीव सर्राफ र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

यति ब्रुअरीको फ्याक्ट्री खैरहनी नगरपालिका–४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरीले हाल अर्ना, यति, वाईबी, शिखर लगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।