काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी गरेको भन्दै आज मधेश बन्द गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले रुपमा लिएको ब्याज फिर्ता गर्नुपर्ने भन्दै गरेको मधेश बन्दले आंशिक प्रभाव परेको छ। आजपाले बैंकहरुले मनोमानी रुपमा लिएको ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने लगायतका माग राखेका छन् ।
मधेश प्रदेशका ८ वटै जिल्लामा आजपाका नेता–कार्यकर्ता बन्दका लागि सडकमा उत्रिएका छन् ।






