काठमाडौं। श्री डिस्टिलरी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभाका लागि आह्वान गरेको छ ।
माघ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ४ गते काठमाडौंको बालुवाटारस्थित एभोकाडो क्याफेमा बस्ने गरी साधारणसभा मिति तय गरेको हो।
साधारणसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गरिने जानकारी दिएको छ ।
यसैगरी कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ।







