काठमाडौंः भोलि अर्थात फागुन १ गते सार्वजनिक विदा नभएको गृह मन्त्रालले स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन विदा नभएको जानकारी गराएको हो । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको विदालाई मन्त्रीपरिषद् बैठकले हटाएको उल्लेख गरिएको छ ।
गत वर्ष फागुन १ जनयुद्ध दिवस को अवसरमा विदा दिइएकोमा खारेजीको माग गर्दै रिट दायर भएपछि सर्वोच्चले उक्त विदा बदर गरेको थियो ।








