काठमाडौँ । लामो समयदेखि आफ्नो भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले सडकमा दूध पोखेर विरोध गरेका छन् ।

आइतबार चितवनका दुग्ध उत्पादक सहकारीका किसानले भरतपुरको केन्द्रीय बस टर्मिनल चोकस्थित सडकमा दूध पोखेका हुन् ।

लामो समयसम्म बेचेको दूधको भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर विरोध जनाएका हुन् ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई तत्काल दूधबापतको बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएका थिए ।