काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनीको सञ्चालक समितिको शनिवार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको एक सूचना मार्फत जानकारी गराएको छ । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।







