काठमाडौँ। पछिल्लो साढे तीन महिनाको अवधिमा नेपाली बजारमा खाद्यवस्तुको मूल्यमा आंशिक देखि भारी मात्रामा वृद्धि भएको छ ।

खुद्रा व्यापार संघको तथ्याङ्कमा उल्लेख भए अनुसार गत कार्तिक देखि फागुन सम्मको  बजार मूल्य हेर्दा गर्दा चामल, दाल, तेल, लगायतको सामानको मूल्य वृद्धि भएको हो । यस्तै मुसुरो, मुंगको गेडा, काँचो तोरीको तेल, जिरा पाउडर लगायतका वस्तुको मूल्य भने सामान्य अंकले घटेको छ ।

गत कार्तिक १५ मा ९० रुपैयाँ प्रतिकिलो पर्ने स्टिम जिरा मसिना चामल फागुन १ सम्म आइपुग्दा ८ रुपैयाँले वृद्धि भएर ९८ रुपैयाँ प्रतिकिलो पुगेको छ । भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि भएको छ। गत कार्तिकमा ३५० रुपैयाँ प्रतिलिटर पर्ने सो तेल हाल लिटरको ३७० रुपैयाँ पुगेको छ।

त्यसै गरी भटमासको तेल १९५ रुपैयाँबाट वृद्धि भएर २०५ रुपैयाँ पुगेको छ । यस्तै प्रतिलिटर २०० रुपैयाँ पर्ने सन फ्लावर तेलको मूल्य ५ रुपैयाँले बढेर २०५ पुगेको छ ।

गत कार्तिकमा प्रतिकिलो ३७५ रुपैयाँ रहेको धनियाँ पाउडरको मूल्य २५ रुपैयाँले बढेर ४०० प्रतिकिलो पुगेको छ। यस्तै १५० रुपैयाँ पर्ने सेतो केराउको मूल्य १० रुपैयाँले बढेर प्रतिकिलो १६० रुपैयाँ पुगेको छ।

मूल्य बढेको खाद्य वस्तुको विवरण हेर्नुहोस्