काठमाडौं । साताको तेस्रो कारोबारका दिन आज शेयर बजार उकालो लागेको छ । हिजोदेखि उकालो यात्रा सुरु भएको शेयर बजारमा आज पनि हरियाली छाएको हो।
लामो समयमयसम्म ओरालिएको शेयर बजार यात्रामा ब्रेक लागेसँगै लगानीकर्तामा खुशी थपिएको छ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.३४ अकंले बढेर २००१.६४ बिन्दुमा बन्द भएको छ ।
आज ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । आज ७ उपसूचकमा हरियाली आएको छ ।
त्यस्तै बैंकिङ समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशतले सेयर मूल्य बढेको हो। अर्थमन्त्री प्रकाश सरण महतले आगामी बजेटको सिद्धान्त र प्राथमिकता सार्वजनिकसँगै बजार हरियाली आउन थालेको हो ।