काठमाडौँ । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से सूचक ४१.६७ विन्दुले बढेर २६६३.५४ अंकमा आइपुगेको छ।
आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ।
आज २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । बिहीबार सबै समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेका छन् ।
लगातार जसो घटेको शेयर बजारमा अब लगानीकर्ताहरू आकर्षित हुन थालेको देखिएको छ । यसअघि लगातार घट्नेक्रमा अब ब्रेक लागेको देखिएको छ। बुधवारको दोहोरो अंकको वृद्धि ट्रेन्डले बिहीबार निरन्तरता पाएसँगै अब बजारले सुधारको यात्रामा आएको अनुमान गरिएको छ ।






