काठमाडौँ । कामना सेवा विकास बैंकले वि.सं.२०८१ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको आफ्नो क्यालेन्डरको विभिन्न भागमा नेपालका भिन्न भिन्न तालहरूलाई समावेश गर्दै २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो ।
बैंकको क्यालेन्डरमा राखिएका तालहरूको उचाइ, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरेको जानकारी दिएको छ।
नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्ययमवाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ। उक्त क्युआर कोड बैंकको सामाजिक सञ्जालहरू तथा वेभसाईट मार्फत सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।
उक्त क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरू समावेश गरिएको छ ।







