काठमाडौँ । लघुवित्तपीडित संघर्ष समितिले आज सरकासँग वार्ता गरेका छन् । विभिन्न ६ बुँदाहरुमा भएको सरकारसँगको सहमति सकारात्मक देखिएको छ ।

आजै अर्थ मन्त्रालयमा भएकाले वार्ताले तत्काललाई आन्दोलनका कार्यक्रम रोकेको जनाइएको छ । विगत लामो समयदेखि उनीहरु आफ्नो मागहरु राख्दै विरोध प्रदर्शनमा उत्रिएको अवस्था थियो ।

वार्तामा भनिए अनुसार महाभूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नुपर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्यलगायतका कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा जस्ता समस्यामा स्थलगत अध्ययन गरी समाधानका विकल्प खोज्ने सहमति भएको छ ।

त्यसरी सहमति खोज्दा काम सुरु गरेको साठी दिनभित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन सहमति जुटेको हो ।