काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेको पाइएपछि प्रहरीले प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाललाई पक्राउ गरेको हो।

उनीहको साथबाट पेस्तोल एक थान भेटिएको छ । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंको मुद्दामा सुनुवाइ भइरहेको छ। उक्त घटनाबारे थप अनुसन्धान गर्ने प्रहरीको जानकारी छ ।