काठमाडौँ। आज बुधवारका दिन नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सुनको मूल्य स्थिर रहेपनी चाँदीको भाउ भने घटेको छ ।
मंगलबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य १ लाख ६ हजार ८२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३ रुपैयाँ तोकेको छ।







