काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले क्यापिटल फ्लाई अर्थात् पुँजी पलायनको मुद्दा उठान गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभामा जारी विनियोजन बजेटमाथिको छलफलमा बोल्दै उनले पुँजी पलायनको मुद्दा उठाएका हुन् ।
छलफलमा बोल्दै सांसद साहले प्रश्न गरे, ‘घर भाडा समेत विदेसिएपछि देश कसरी संवृद्ध बन्छ ?’ उनले उद्योग,व्यवसायीदेखि सरकारी कर्मचारी, आम सर्वसाधारण उच्च वर्गदेखि राजनीतिज्ञहरूले समेत आफ्नो लगानी विदेशमा लगिरहेको बताए ।
‘उच्च शिक्षा हासिल गरेका जति पनि युवा शक्ति छन्, उनीहरू विदेश, सम्पन्न र पहुँच भएका मान्छेहरू सबै विदेश, पुँजीपतिहरू सबै विदेश, राजनीतिक पहुँचवालाहरू विदेश, उनीहरुले घर खेत बेचेर विदेश पैसा लगिरहेका छन्’ शाहले भने, ‘यतिसम्म कि घर भाडा समेत विदेश गइरहेको छ । यसरी कसरी देश संवृद्ध हुनसक्छ र ?’