काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

हिजो चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

हकप्रद शेयर निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ ।आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।