काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सको उप प्रादेशिक कार्यालय डडेलधुराले पाहाडका ६ वटा जिल्लामा रहेको शाखा तथा उप शाखा कार्यालय मार्फत अभिकर्ता अन्तरक्रिया कार्यक्रम गरेको हो ।

सुदुरपश्चिम उप प्रदेश प्रमुख टेक राज आचार्यले जिवन बीमा सम्बन्धि जानकारी दिएका थिए । उनले बिक्री कला , बीमाको महत्व,आवश्यक्ता र कम्पनीको नयाँ बीमा योजना सम्बन्धि भनाई राखेका थिए ।

गत जेष्ठ २० गते डोटि जिल्लाको दिपायल बाट सुरु भएको अभिकर्ता अन्तरक्रिया कार्यक्रम, साफेबगर,मङलसेन,बाजुरा ,बैतडी र दार्चुलागरि आज २७ गते सम्पन्न भएको छ ।

उक्त अभिकर्ता अन्तरक्रिया कार्यक्रममा करिब २०० जना अभिकर्ताको उपस्तिथि रहेको थियो।

कार्यक्रमले गाउँ बस्तीमा बीमाको महत्त्व र आवश्यक्ताको बारेमा अभिकर्ता मार्फत आम नागरिक लाई बुझाउन र हिमालय लाइफलाई गाउँ गाउँ सम्म चिनाउन मद्दत गर्ने आचार्यले बताए ।