काठमाडौं । सांसद कृष्णगोपाल श्रेष्ठले दुर्गा प्रसाईंलाई स्वचालित हतियार राख्ने अनुमति कसले दिएको भन्दै प्रश्न गरेका छन्। (आज) बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद श्रेष्ठले उक्त प्रश्न गरेका हुन् ।
श्रेष्ठले भने– ‘त्यस्तो स्वचालित हतियार राख्ने अनुमति उनलाई कसले दियो? एउटा दुर्गा प्रसाईंले मात्रै हो कि अरू दुर्गा प्रसाईंहरूले लाइसेन्स प्राप्त त्यस्ता हतियार राखेका छन् । हालसालै रुसको कन्सर्टमा हत्याकाण्ड भएको जस्तो घटना भयो कसले जिम्मा लिन्छ रु तपाईंको कार्यकालमा ठुला घटना घट्यो भने नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ ।’
श्रेष्ठले गृहमन्त्रीको सुरक्षाका लागि समेत त्यस्ता हतियार बोक्ने नगरिएको बताउँदै प्रश्न गरे– ‘गृहमन्त्रीको सुरक्षाका लागि त्यस्ता हतियार बोक्ने गरिन्छ त ? ’ सांसद श्रेष्ठले समितिका सभापति रामहरि खतिवडाको बैठक चलाउने तरिका नमिलेको बताएका छन् ।
उनले भने, ‘पूर्वतिर हेरेर पश्चिमतिर हान्ने उद्देश्यका साथ यो बैठक गरिएको छ । सभापतिलाई केही ध्यानाकर्षण गर्नुपर्ने अवस्था छ । राज्य व्यवस्था तथा सुशासन समितिको इज्जत हुन्छ, एउटाले बिराउँछ,संसारलाई डुबाउँछ भनेजस्तो नहोस् ।






