काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि भ्यासेन्सी खुला गरेको छ । पूर्व सीईओ धनञ्जय रेग्मी बारिहीएसँगै रिक्त रहेको सो पदका लागि आवेदन माग गरिएको हो ।

सीईओ छनोट उपसमितिले शनिबार बिहान सूचना प्रकाशित गर्दै इच्छुक उमेद्धारहरुको माग गरेको छ । बैंक वित्तीय संस्था जस्तै पर्यटन बोर्डका सीईओको पनि कार्यकाल चार वर्षका लागि तोकिने गरिन्छ।

साथै, इच्छुकहरुले १२ दिनभित्र आवेदन उपलब्ध गराउँन सक्ने छन् ।