काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पद पहिले नै आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हक दाबी गरेका छन्।
आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाहिरिएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा खनालले उक्त विषयबारे जानकारी दिएका थिए ।
‘प्रधानमन्त्रीजीसँग समसामयिक विषयमा कुराकानी भयो। अहिलेको गठबन्धनलाई थप बलियो बनाएर जाने भन्नेबारे समझदारी भएको छ। केही अप्ठेराहरू आउन लागेको भए पनि त्यसलाई फुकाएर सहज ढंगले अघि बढ्ने सहमति भएको छ’, खनालले भने,
यता सत्ता गठबन्धनको पूर्वसहमति अनुसार नागरिक उन्मुक्ति पार्टी ९नाउपा० लाई मुख्यमन्त्री दिइसकिएको छ। तर नाउपाबाटै दुई जनाले मुख्यमन्त्री पदमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले अहिलेसम्म निर्णय गर्न सकेका छैनन्।







