काठमाडौँ। अशोक शमशेर राणा हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त भएका छन्।
बैंकको गत चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख ९ गते (आज)देखि लागू हुनेगरि राणालाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
राणालाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । हिमालयन बैंकमा विगत १२ वर्षदेखि बैंकको सिईओको रूपमा कार्यरत राणा वाणिज्य बैंकको छाता सङ्गठन नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष समेत हुन्।