काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । लिमिटेडले काठमाडौंको कालिका स्थानस्थित अमृतभोगमा पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११(क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

सभाले संस्थापक शेयरधनीका तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गरी निर्वाचित भएका छन् ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गरेको छ ।