काठमाडौँ। जेठ ३० गतेका लागि बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ ।

जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको रानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे बस्ने गरी सभा डाकेको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्ने भएको छ ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले आउँदो जेठ २३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ।