काठमाडौँ । नक्कली नोट कारोबारमा संलग्नता रहेको आरोपमा आरोपमा दुई महिलालाई काठमाडौँबाट प्रहरीले नियन्त्रण लिएको छ ।
कलंकीको ह्वाइट र्याबिट रेस्टुरेन्टबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले शनिवार ४७ वर्षीया तारा देवी डंगोललाई पक्राउ गरेको हो।
डंगोलको साथबाट एक हजारका ५ सय १४ वटा नक्कली नोट फेला परेको छ । डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा नागार्जुन नगरपालिका–५ स्थित पद्म कोलनीमा बस्ने नीलिमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।







