काठमाडौँ । सोमबार दिउँसो एक बजेदेखि सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने भएको छ।

भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने बारे जानकारी गराएको छ ।

फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ। सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन्।

बैंकहरुका अनुसार ५ बजेपछि भने अनलाइन सेवा पुनः साबिककै ढङ्गले सञ्चालन हुनेछन्।