काठमाडौँ । साझा यातायातले अब विद्युतीय माइक्रोबस सञ्चालन गर्ने भएको छ।आज एक सूचना जारी गर्दै साझाले २५ वटा विद्युतीय माइक्रो बस किन्न टेण्डर आव्हान गरेको छ ।
साझाले विद्युतीय माइक्रोबसका साथै ५ वटा विद्युतीय स्कुटर समेत किन्न टेण्डर खुलाएको हो। टेन्डरमा सहभागी हुन चाहाने बिक्रेताहरूले एक महिनाभित्र साझामा आवेदन दिन सूचनामा भनिएको छ ।
टेन्डर प्रतिस्पर्धाबाट बोलकबोल गरिने भएकाले माइक्रोबसका लागि आवेदन दिनेले ३० लाख रुपैयाँ र स्कुटरका लागि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने उल्लेख गरिएको छ । टेन्डर जुलाई १० गते दिउँसो साढे १ बजे खोलिने कम्पनीको भनाई छ ।







