काठमाडौँ। पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको कार गए राती दुर्घटना हुँदा तीन जनाको मृत्यु घटना स्थलमै मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बुटवलको अनुसार बुटवलदेखि तीन किलोमिटर नजिकको पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु२च ८५३१ नम्बरको कार बुधवार बेलुकी साढे ८ बजेतिर दुर्घटना हुँदा तीनको मृत्यु दुई जना घाइते भएका हुन्।
सडकदेखि करिब एक सय मिटर तल खसेको कारमा सवार स्याङ्जा पुतली बजार घर भई हाल बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ रुपन्देहीकी ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको हो।
घाइते भएकालाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।







