काठमाडौँ। शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’  सम्पन्न गरेको छ ।

पाँच वर्षको लामो अन्तराल पछि ‘उडान –समृद्धि र सहयात्राको’शीर्षकमा समारोह आयोजना गरिएको थियो।
उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरूमध्ये सर्वोत्कृष्ट ३१ डिलरहरूलाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको थियो ।

रिजनल अवार्डअन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनलअन्तर्गत  त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिईएको थियो । साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ठ चार डिलरहरूलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै  कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरुले देखाएको धैर्यता र एक्यवद्धतालाई आधार मानेर शो शीर्षक राखिएको जानकारी दिए ।

जसमा शिवम् नेशनल डायमण्ड अवार्डल लितपुर स्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार,शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिलकुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जितेका थिए ।

त्यस्तै, शिवम् सिमेन्टका सर्वोत्कृष्ठ बिक्रेताअन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका थिए ।

समारोहमा नेपालको चर्चित कलाकारहरूका साथै भारतका ख्याति प्राप्त कलाकारहरु कृष्ण अभिषेक र सुदेश लेहरीले  बेजोड  मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

देशभरका वितरक तथा बिक्रेताहरुको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम्  सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए ।

उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरूबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरूलाई थप ऊर्जा र हौसला प्रदान गर्ने धारणा राखे ।