काठमाण्डौ । यस वर्षको सबैभन्दा ठूूलो सवारी मेला नाडा अटो सो भदौ ११ गतेदेखि काठमाण्डौमा आयोजना हुँदै छ । सोही ‘नाडा अटो शो २०२४’ का चारवटा प्रिमियम स्टल स्काईवेल, टाटा लगायतका कम्पनीले पाएका छन् । मुख्य प्रदर्शनी हलभित्रका स्टलहरुमध्ये पनि प्रिमियम मानिने चारवटा स्टलहरु स्काईवेल, टाटा, नेटा भी र हुण्डाईको भागमा परेको हो।

आज गोलाप्रथाबाट नाडा अटोमोवाइल अशोसिएसन अफ नेपालले नाडा अटो शो २०२४ का लागि स्टलहरुको बाँडफाँड टुंगो लगाएको छ । यो क्रममा मुख्य प्रदर्शनी हलभित्र स्टल राख्ने अवसर यसपटक ११ ब्राण्डले पाएका छन् ।

मुख्य प्रदर्शनी हलभित्र सेरेस, जिएसी एवोन, डोङफेङ, लिप मोटर, किया, सिट्रोनले पनि स्टल पाएका छन् ।

दिपल, मारुती सुजुकी, बीवाइडी, ओमोडा, एमजी जस्ता ब्राण्डले भने मुख्य प्रदर्शनी हलभन्दा बाहिर मात्र स्टल पाएका छन् । युनोकल मोबिल (लुबृकेन्ट)७६, डुरेलो टुल्स एन्ड इक्युपमेन्टले पनि नाडा अटो सो २०२४ मा सहभागीता जनाउने छ ।

नाडाले जेठ ३१ गतेदखि असार ५ गतेसम्म भृकुटीमण्डपमा हुने अटो शोको लागि स्टल बुकिङ खुलाएको थियो ।