काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गुप्ताले सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तेलीले सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । तेलीलाई सोही अनुसार बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको आयोगले जानकारी दिएको छ ।