काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।
अख्तियार स्रोतका अनुसार सञ्चार सचिवमा कार्यरत हुँदा अर्यालले गरेको निर्णयले मुलुकको राज्य कोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको जनाएको छ ।
अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो ।
विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ उनीमाथि मुद्दा दायरको तयारी रहेको स्रोतको भनाई छ ।