काठमाडौं। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टले चार वर्षे कार्यकाल पुरा भएको छ ।
२०७७ साउन १९ गतेका दिन बोर्डको सीईओको जिम्मेवारी सम्हालेका भट्टको चार वर्षको कार्यकाल पुरा भएको छ । उनले चार वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको जनाएका छन् ।
भट्टले ट्विटरमा ट्विट गर्दै भनेका छन् , ‘मैले लगानी बोर्डको सिईओको रूपमा चार वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको छु ।
म यस महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारप्रति कृतज्ञ छु। मलाई यस्तो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र नेपाल सरकारको तर्फबाट धन्यवाद।’







