काठमाडौं । प्रदेशस्तरिय विकास बैंक सिन्धु विकास बैंकको ४४४औँ बैठकले सुरेश देवकोटा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका देवकोटा यसअघि नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल बैंक लिमिटेडबाट २०६२ सालमा आफ्नो बैंकिङ करिअर सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश काम गरिसकेका छन् ।
व्यावसायिक रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)का पूर्वपार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुन्।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्सलगायत संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा रहेर पनि कार्य गरिसकेका छन् ।







